Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काेराेना संक्रमित भेटिनेवित्तिकै सिल नगर : स्वास्थ्य मन्त्रालय

    काेराेना संक्रमित भेटिनेवित्तिकै सिल नगर : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्ताे आग्रह गरेकाे हाे। यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन अनुराेध गरेकाे हाे ।



    कोरोना परीक्षणका लागि नमुना दिँदा आफ्नो अस्थायी र स्थायी ठेगाना उपलब्ध गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परीक्षण गराउनेको पूर्ण विवरण नहुँदा संक्रमितको अस्थायी र स्थायी ठेगानाबारे अन्योल बढेको भन्दै स्वास्थ्यले पूर्ण विवरण पेस गर्न आग्रह गरेको हो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार