Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आइसोलसनमा राखिएका १ जनाको मृत्यु

    आइसोलसनमा राखिएका १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बीर

    कैलाली । कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ।

    अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइसोलेसनमा राख्नुअघि उनमा जटिल प्रकारको स्वास्थ्य समस्या एन। पीसीआर परीक्षणका लागि मृतकको स्वाब संकलन भइसकेकाले आज १/२ बजेसम्म नतिजा आउने उनले बताए ।



    पीसीआर रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिनेसमेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । बुधबार मृत्यु भएका पुरुष केही दिनअघि भारतबाट फर्किएका थिए ।  



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार