Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्रीको ट्वीट- मोदीको अहंकारी र विस्तारवादी नीति छिमेकीका लागि खतरा छ

काठमाडौं। सीमा बिबादको बिषयमा नेपाल र भारतबीच तनाब बढिरहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गइरहेको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरानले ट्वीटरमार्फत नेपाल, चीन र पाकिस्तानको  सीमा बिबादको प्रसँग जोड्दै भारत छिमेकको हितमा नभएको वताएका हुन ।

उनले ट्वीटगर्दै भनेका छन् -'भारतले नागरिकता कानूनमार्फत बंगलादेशलाई चिढ्याएको, नेपाल र चीनसँग सीमा विवाद गरेको र पाकिस्तानलाई झुटो सैन्य अपरेशन गर्ने धम्की दिएर जिस्काउने काम गरिरेहको छ ।'

प्रधानमन्त्री इमरानले ट्वीटरमा लेखेका छन्- 'हिन्दुत्व र अतिवादी मोदी सरकारको अहंकारी र विस्तारवादी नीतिहरु नाजी विचारधारा समान छन्।

पछिल्लो पटक भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतको मानसरोवर जान लिपुलेकमा सडक बनाएपछि  नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको  नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले त्यसलाई मान्य नहुने वताएपछि दुई देश बीच तनाब बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077