Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देशभर १ लाख ६९ हजार भन्दा बढी जनामा कोरोना परीक्षण

    देशभर १ लाख ६९ हजार भन्दा बढी जनामा कोरोना परीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 1.6K
    SHARES

    काठमाडौं – नेपालमा हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६४ हजार १ सय ५४ जनाको पिसिआर र १ लाख ५ हजार ४ सय ७८ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    उनका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।



    कुल संक्रमित १ हजार २ सय १२ पुगेको छ। जसमध्ये हालसम्म २ सय ६ जना उपचारपछि डिस्जार्च भएका छन् भने ६ जनाको मृत्यु भएको छ। उपचारपछि डिस्जार्च हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार १ सय ३ जना जना पुरुष र १ सय ९ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।



    कोरोनाको संक्रमण हालसम्म ५२ जिल्लामा फैलिएको छ। मुलुकभर हाल १ हजार जना अस्पतालको आईसोलेसनमा र ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार