Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भिआईपी जुवाडेहरुमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

काठमाडौं। जिल्ला प्रसासन कार्यालयले हिजो पक्राउ परेका भिआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रसासन कार्यालयले पाँच दिनको म्याद दिएको हो।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर, उनीहरुलाई फौजदारी मुद्दा नभएको र कोरोना फैलन सक्ने संभावित कारण देखाएर महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी बिश्वरज पोखरेलले हाजिर जमानीमा छाड्न दरबारमार्ग प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077