Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोनाको कारण देखाएर म्याद थप भएका जुवाडेलाई छाड्ने प्रहरीको तयारी

काठमाडौं। जिल्ला प्रसासन कार्यालयले हिजो पक्राउ परेका भिआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

तर, उनीहरुलाई फौजदारी मुद्दा नभएको र कोरोना फैलन सक्ने संभावित कारण देखाएर प्रहरीले हाजिर जमानीमा छाड्ने तयारी गरेको स्रोतको भनाइ छ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला प्रसासन कार्यालयले पाँच दिनको म्याद दिएको हो।

गत कार्तिकमा महाराजगन्जबाट पक्राउ परेका जुवाडेहरुलाई भने प्रहरीले करिब १ महिना थुनामै राखेर अनुसन्धान गरेको थियो । उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिएको थियो । पछि उनीहरू ठुलो रकम धरौटी बुझाएर छुटेका थिए ।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077