Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवाडे अग्रवाल, जसले अर्थमन्त्री खतिवडालाई नचाए

काठमाडौं । लकडाउन जारी रहेका बेला जेठ १९ गते सोमबार राती जुवाको खालबाट व्यापारिक घरानाका माडवारीहरु पक्राउ परे ।

सोमबार राती कमलादीस्थित गगौंर बुटिक होटेलबाट विशाल ग्रुपमा प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल, एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघााई, ज्योती लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मा, सुरेश अग्रवाल, कपडा व्यवसायी पुरुषोत्तम अग्रवाल पक्राउ परे ।

त्यसैगरी विमल खेतान, विमल अउजा, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।
अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी० नेपाल र विशाल ग्रुपका सञ्चालक समेत हुन् ।

त्यसो त अग्रवाल एमजी मोटर्सको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्स प्रा.लि.को समेत लगानीकर्ता हुन् । पारामाउन्ट मोटर्स विशाल ग्रुप अन्तर्गतको कम्पनी हो । जुन कम्पनीले नेपालमा एमजी कम्पनीका विद्युतीय गाडीहरु विक्री गर्दै आइरहेको छ ।

अशोककुमार अग्रवाल तिनै व्यक्ति हुन्, जो आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट भाषणमा विद्युतीय गाडीमा राजस्व बढाउन सफल भए ।

अग्रवालले अर्थमन्त्री डा. युवराज खतिवडालाई आर्थिक प्रभावमा पारेर बजेट भाषणमा नै विद्युतीय गाडीमा राजस्व बढाउन सफल भए ।

पहिलेदेखि नै भन्सार बढाउन चलखेल गरिरहेका अग्रवालले भन्सार बढ्ने निश्चित भएपछि बजेट भाषण अगाडि नै एमजीका १ सय २० वटा गाडी भन्सारबाट छुटाइएका थिए ।

यसअघि सरकारले पटक–पटक नेपालमा विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्ने भन्दै नीति बनाएको भए पनि यस पटक भने अग्रवालकै चलखेलका कारण विद्युतिय गाडीको भन्सार महसुल बढाइयो ।

ठूला भनिएका व्यापारीको स्वार्थमा परेर अर्थमन्त्री डा. खतिवडालले चकलेटमा कर घटाएको र दूध, मल र विद्युतीय गाडीको भन्सार बढाएर भन्दै आलोचना समेत भइसकेको छ ।

अर्थमन्त्री खतिवडा अहिले जुवा खालबाट पक्राउ परेका अग्रवालसहितका जुवाडेहरूलाई छुटाउन दबाब दिइरहेका छन् ।

नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, समुद्रपार निकासी पैठारी संघलगायतका निकायमा बसेर काम गरेका अग्रवालको राजनीतिक पहुँच पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077