Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौं । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

अस्पतालको ना४च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने जितबहादुर वाईवा, सोही ठाउँ बस्ने दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने हरिशंकर महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077