Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सवारी करमा कुनै जरिवाना लाग्दैन : मन्त्रालय

    सवारी करमा कुनै जरिवाना लाग्दैन : मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ।

    अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको मन्त्रालयले जनाएको छ ।



    हिजोबाट सरकारी कार्यालय खुलेसँगै विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी गरेर यी विषयमा स्पष्ट निर्देशन प्राप्त नभएको भन्दै कर लिने काम नै बन्द गरेका थिए ।



    यद्यपी आज भने मन्त्रालयले असार मसान्तसम्म कुनैपनि प्रकारको जरिवाना नलिने निणर्य गर्दै सोहीअनुसार यातायात व्यवस्था कार्यालयहरुमा पत्र पठाइसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार