Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'खरानी ग्याङ'का नाइकेसहित एक दर्जन जुवाडे प्रहरी फन्दामा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुवामा कहलिएको खरानी ग्याङका नाइके सहित एक दर्जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

मंगलबार साँझ गोंगबु गणेशस्थानबाट पक्राउ परेका १२ जुवाडे पेशेबर रुपमा खेल्ने समूह भएको खुलेको छ । खरानी ग्याङका नामले चिनिने यो जुवा खेलाउने समूहका नाइके राजकुमार अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीसमेत ८ पुरुष र ४ महिला छन् ।
लामो समयदेखि कौडा खेलाउने खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारी, पासिकोटकी ज्योति बानियाँ, माया बस्नेत, गंगालगायत प्रहरीले पक्राउ गरेको हो । बानियाँ, बस्नेत सहितका महिला भीआइपी हुन् । जुवाखालाबाट २ लाख ७१ हजार रुपैयाँमात्र बरामद भएको छ ।

खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौंका कपन, बौद्ध, जोरपाटी, मित्रपार्क, चावहिल, गंगाहिटी, धापासी, बसुन्धरा, गोंगबुलगायतका क्षेत्रहरूमा ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । र, घरमा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दैआएको थियो ।

खरानी ग्याङका राजकुमार अधिकारी पिकनिक आयोजनाका नाममा काठमाडौँबाट पेशेवर र धनाढ्य जुवाडेहरूलाई धुलिखेल बोलाएर कौडा खेलाउने धन्दामा सक्रिय थिए।  अधिकारी पटक पटक जुवा खालबाट पक्राउ पर्ने र छुट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077