Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा कोरोनालाई जित्नेको संख्या २ हजार २२४ पुग्यो

    नेपालमा कोरोनालाई जित्नेको संख्या २ हजार २२४ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा थप ७६ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर घर फर्किएका छन् । यो संगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २ हजार २२४ जना घर फर्किएका छन् ।

    आज कोरोना मुक्त हुनेमा झापाका १ पुरुष, सेती अञ्चल अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना मानिसहरु कोरोना जितेर घर फर्किएका छन् ।



    त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका १ महिला र ३ पुरुष, मोरङका १४ पुरुषहरु, रामेछाप अस्पतालबाट १३ पुरुषहरु, साइकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका २ महिला र ३ पुरुषहरु, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुषहरु कोरोना जितेर घर फर्किएका छन् ।



    त्यस्तै कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पतालबाट म्याग्दीका २ पुरुषहरु, धौलागिरी अस्पतालबाट बाग्लुङका ३ पुरुषहरु, स्याङजा अस्पतालबाट ३ पुरुषहरु, गोर्खा अस्पतालबाट ७ पुरुषहरु कोरोना जितेर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    त्यस्तै जिपि कोइराला अस्पतालबाट शुक्लागण्डकी तनहुँबाट २ पुरुषहरु, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल भीरकोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लमजुङका १ पुरुष कोरोना जितेर घर फर्किएका छन् ।

    त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष गरी जम्मा ७६ जना रहेका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार