Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने भएपछि कोरोना परीक्षण ठप्प

    मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने भएपछि कोरोना परीक्षण ठप्प

    अनलाइन नेपाल
  • मंगलबार, ९ असार २०७७
  • 2.8K
    SHARES

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा कोरोना परीक्षण रोकिएको छ । नेपाली सेनाले खरिद गरेको रि–एजेन्ट काम नलाग्ने भएपछि ल्याब बन्द गर्नुपरेको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने भएपछि दुई दिनमा संकलन भएका १२०० बराबारको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा पठाइएको प्रमुख डा. पाठकले बताईन ।



    डा. पाठकका अनुसार स्वास्थ्य मन्त्रालयले एक एमएलको भीटीएममा लाग्ने रि–एजेन्ट पठाएको छ । नेपाली सेनाले सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किनेको थियो । त्यही मन्त्रालयले देशभरका ल्याबहरूमा पठाएको छ ।



    यसबारे स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायतका सरोकारवाला निकायमा लिखित जानकारी गराइएको उनकाे भनाइ छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार