Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुकुम घटना अपडेट : वडाध्यक्षसहित २३ जना पूर्पक्षका लागि कारागार चलान

    रुकुम घटना अपडेट : वडाध्यक्षसहित २३ जना पूर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • बुधबार, १० असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिम घटनामा जिल्ला अदालतले मुद्धा पूर्पक्षका लागि २३ जनालाई कारागार पठाउने आदेश गरेको छ।

    ६ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये ३ जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।



    शुक्रबारदेखि सुरु भएको बहसमा पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए। जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।



    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १८ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए। नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार