Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानको जमीनमाथि चीनले दाबी गरेपछि विरोध

एजेन्सी । चीनले भुटानको जमीनमाथि दाबी गरेको छ । चीनले ग्लोबल इन्भायरोनमेन्ट फसिलिटी काउन्सिलको ५८औं बैठकमा भुटानको जमीनमाथि दाबी गरेको हाे ।

उक्त परिषदमा चीनको प्रतिनिधि भए पनि भुटानको प्रत्यक्ष प्रतिनिधि चाहिँ कोही पनि थिएन । भुटानको तर्फबाट भारतीय अधिकारी अपर्णा सुब्रमणिले प्रतिनिधित्व गरेकी थिइन् ।

भुटानले यस विषयमा कडा नोट पठाएको छ । नोटमा लेखिएको छ, ‘साकतेङ वन्यजन्तु आरक्ष भुटानको अखण्ड तथा सार्वभौम भूभाग हो ।’

जुन महिनाको २ तारिखमा परियोजनागत छलफल चल्दै गर्दा चिनियाँ परिषद्का सदस्य झोङजिङ वाङले भुटानमा रहेको आरक्षमा लगानीमाथि आपत्ति उठाउँदै त्यसलाई औपचारिक रूपमा नोट गर्नुपर्ने बताए । अन्तिम प्रतिवेदनमा त्यसलाई पादटिप्पणीका रूपमा राख्नुपर्ने उनको भनाइ थियो ।

भुटानको साकतेङ वन्यजन्तु आरक्ष विवादित भूमि भन्दै लगानी गर्ने कामलाई चीनले विरोध गरेको हो । तर विगतमा उक्त भूमिका विषयमा कुनै पनि विवाद थिएन यद्यपि भुटान र चीनबीचको सीमा अझै निर्धारित हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077