Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्यांकरमा लुकाएर ल्याएको १९८ किलो गाँजासहित तीन जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ट्यांकरको तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको १२८ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा उप–महानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट गाँजा बोकेको ट्यांरसहित चालकलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले हेटौडाबाट बिरगञ्जतर्फ जाँदै गरेको ना६ख ६९७४ नम्बरको को तेल बोक्ने ट्यांकरलाई चेकजाँच गर्दा तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको १२८ किलो फेलापारेको हो ।

प्रहरीले बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका–२३ बस्ने बर्ष २७ को एमामुल हक देवान र सँगै रहेको सिमाराकै बर्ष २४ को मोहरवान अंसारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

आज विहान पनि ईलाका प्रहरी कार्यालय मनहरीबाट इन्सपेक्टर श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पनि ७० किलो गाँजा सहित १ जनालाई पक्राउ गरेको थियो ।

आज विहानको झण्डै १ बजेको समयमा मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको गोरेटो बाटोमा शिव तामाङको साथमा रहेको प्लास्टिकको बोरामा चेक गर्दा ७० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ चितवन बस्ने बर्ष ३५का शिव तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077