Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोदीको ‘कूटनीति’ एकपछि अर्को गर्दै असफल, भुटानसँग पनि सम्बन्ध बिगार्दै

    मोदीको ‘कूटनीति’ एकपछि अर्को गर्दै असफल, भुटानसँग पनि सम्बन्ध बिगार्दै

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। छिमेकी राष्ट्रहरुसँग सम्बन्ध बिगारेर आफुलाई शक्तिशाली राष्ट्रको नेता दाबी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘कूटनीति’ एकपछि अर्को गर्दै असफल हुने क्रममा छ।

    नेपालले कालापानी, लिम्पियाधुरा सहितको नक्सालाई संसदबाटै पारित गरेर संबिधान संसोधन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न अहिले भारतले नेकपाभित्र ठुलो चलखेल गरेका कारण पार्टी नै फुटको संघारमा पुगेको छ।



    नेकपाभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि भारतीय चलखेल बढेर गएको छ ।



    यहि बेला भारतको एक उच्चस्तरीय टोली नेपाल आएको छ । सुरक्षा स्रोतका अनुसार भारतको नेसनल सेक्युरिटी एजेन्सीका प्रतिनिधिहरु सरकार गिराउन नेपाल आएका हुन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीति नेपालमा एकपछि अर्को गर्दै फेल खाइसकेको छ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त मोदीलाई मानसीक रोगी समेत भनेका छन्।  लद्दाखको गलवानमा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतीय सेनाले ज्यान गुमाएपछि मोदी तनाबमा छन्। यही तनाब मत्थर पार्न उनी लद्दाख समेत पुगे।  मोदीकै अहमताले आहिले छिमेकी मुलुकहरूसँग भारतको सम्बन्ध बिग्रिँएको छ ।

    बंगलादेश ,नेपाल, चीन र भुटानसँग भारतको सम्न्बन्ध बिग्रिएको हो। भुटानको सीमासँग जोडिएको आसामको बाक्सा जिल्लामा सैयौं किसानले नाराबाजी गर्दै भुटानविरुद्ध प्रदर्शन गरे ।

    सीमापारिको काला नदीबाट सिँचाइका लागि आउने पानी भुटानले बन्द गरिदिएको ती किसानको आरोप थियो । भारतीय मिडियाले यो विषयलाई समाचार बनाएपछि भुटानको विदेश मन्त्रालय पनि बोल्न बाध्य भयो ।

    भारतीय राज्य आसामको सीमासँग भुटानको दक्षिणपूर्वी भागस्थित समड्रोप जोंगखार सहर जोडिएको छ ।  यो सीमाको नजिकै आसामतिर दरंगा, बोगाजुली, ब्रहमपाडा लगायतका कुल २६ वटा गाउँ छन् । त्यहाँका किसान वर्षौंदेखि भुटानबाट आउने नदीको पानीले खेती गर्ने गर्छन् । तर पानी नआएपछि भुटानलाई पानी रोकेको आरोप लगाउँदै उनीहरू विरोधमा उत्रिए ।

    भारतीय मिडियाले समाचार बढाइचढाइ गरी लेखेकाले यो समस्या उत्पन्न भएको वताइएको छ । सीमावर्ती भारतीय किसानले गरेको विरोध र पानी रोकेको आरोपको जवाफ दिँदै भुटानको विदेश मन्त्रालयले जुन २६ मा भनेको छ, ‘२४ जुन, २०२० मा भारतमा प्रकाशित कैयौं लेखमा भुटानले पानी रोकेको आरोप लगाइएको उल्लेख छ ।

    भारत-चीन तनावको माहोलमा भुटानको नाम जोडेर सत्ताधारी बीजेपीमा राजनीतिक दबाब बनाउने कोसिस भइरहेको बताइन्छ । बीजेपीका स्थानीय नेताले पानी रोकेको नाममा भारत-भुटान सम्बन्ध बिगार्नुका पछाडि राजनीति घुसेको आरोप लगाएका छन् ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार