Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपाको लफडामा भारतपछि चीनको प्रवेश, राजदूतले भेटिन नेपाललाई

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको बिबादमा चीनको प्रवेश भएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतबार साँझ भेटेर नेकपाभित्रको बिबादबारे चासो व्यक्त गरेकी छन्।

स्रोतका अनुसार नेता नेपाल र राजदूत याङ्छीबीच करिब एक घण्टा छलफल भएको  छ। राजदूत याङ्छी सात बजे  नेपाल निवास कोटेश्वर पुगेर ८ बजेपछि फर्केको नेपालनिकट स्रोतले वतायो।

नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पद छाड्न दबाब दिँदै आएको छ। ओलीले आफूलाई हटाउन भारत र नेकपाकै प्रचण्ड समुह सक्रिय भएको आरोप लगाएपछि उनको राजीनामा मागिएको थियो।

प्रचण्डले ओलीलाई भारतले हटाउन खोजेको नभइ आफुले राजिनामा मागेको वताएका थिए। भोली दुबै समुहबीच निर्णायक वार्ता हुने वताइएको छ। नेकपाभित्रको बिबादमा भारतीय गुप्तचर समुहले पनि चलखेल गरेको सुचना बालुवाटारसम्म पुगेको छ।

नेकपामा विवाद चर्किएको बेला चिनियाँ राजदूतको नेता नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ। यसअघि वैशाखमा  नेकपामा विवाद हुँदा  राजदूत याङ्छीले नेकपाका सबै उच्च नेताहरुसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077