Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्पेनी ला लिगामा भिल्लारियलकाे हार

    स्पेनी ला लिगामा भिल्लारियलकाे हार

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    म्याड्रिड। बार्सिलोनाले स्पेनी ला लिगामा भिल्लारियललाई ४–१ ले हराएकाे छ। बार्सिलोनाले उपाधि होडमा आफ्नो झिनो आशा कायम राख्ने क्रममा आइतबार लयमा रहेको भिल्लारियललाई हराएकाे छ।

    बार्सिलोनाले पउ टोरेसको आत्मघाती गोलमा अग्रता लिएको थियो । लगत्तै जेरार्ड मोरेनाले बराबरी गोल फर्काए ।



    त्यसपछि लियोनल मेसीको पासमा लुइस स्वारेजले दोस्रो गोल गरे । मेसीकै पासमा एन्टोइन ग्रिजमनले तेस्रो गोल थपे । अन्सु फातीको नाममा चौथो गोल रह्यो । बार्सिलोनाले प्राप्त गरेको उत्कृष्ट जितमा अगाडि खेल्ने तीन खेलाडी मेसी, स्वारेज र ग्रिजमन सबैको राम्रो योगदान रह्यो ।



    यो जितसँगै ला लिगामा मेसीले गोलमा सहयोगी भूमिका खेलेको १९ पुगेको छ र यो एसिस्टको रूपमा सबैभन्दा बढी योगदान हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडको अग्रता फेरि चार अंकमा छोट्याएको छ । ३४ खेलबाट ७७ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार