Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतको उडिसामा सुरक्षा कारबाहीमा चार लडाकू मारिए

    भारतको उडिसामा सुरक्षा कारबाहीमा चार लडाकू मारिए

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 4.7K
    SHARES

    एजेन्सी । भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ ।

    उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकरी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भिडन्तमा परी चार जना माओवादी विद्रोहीको ज्यान गएको बताए ।



    उनले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिए । उडिसाको राज्य सरकारले अतिवादीहरुका विरुद्धमा कडा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार