Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सीपीएलमा सन्दीप १ करोडमा बिक्री

    सीपीएलमा सन्दीप १ करोडमा बिक्री

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 3K
    SHARES

    काठमाडाैं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा १ करोडमा बिक्री भएका छन्। तेस्रो पटक सीपीएलमा आवद्ध भएका उनलाई सोमबार जमैका तालावाजले आफ्नो टिममा लिएको हो।

    सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य १ करोड ७ लाख ५० हजार बराबर (९० हजार अमेरिकी डलर) राखेका थिए। उनलाई तालावाजले दोस्रो राउन्डमा आफ्नो टिममा पारेको हो। उनी आवद्ध टिममा आन्द्रे रसेल, ग्लेन फिलिप्स लगायतका स्टार खेलाडी रहेका छन्।



    सन्दीपले तालावाजमा आवद्ध हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनले यस्तो ठूला प्रतियोगिता खेल्न पाउनु अवसर भएको बताएका छन्। ‘मेरो लागि टिमको नतिजा पहिलो हुन्छ’, उनले भने ‘ठुलो प्रतियोगितामा ठुला खेलाडीसँग खेल्न पाउँदा आफ्नो स्ट्रेन्थ थाहा पाउन र देखाउन पाइन्छ।’ यसअघि गत सिजनमा सन्दीप बार्बाडोज ट्रिडेन्समा आवद्ध थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार