Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जंगली जनावरबाट महामारी फैलिने भन्दै राष्ट्रसंघले दियाे कडा चेतावनी

    जंगली जनावरबाट महामारी फैलिने भन्दै राष्ट्रसंघले दियाे कडा चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने कामले झनै खतरनाक महामारीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले चेतावनी दिएका छन् । मानिसले जंगली जनावरको ज्यान लिने गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने उनीहरूकाे भनाइ छ।

    पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विशेषज्ञहरुले खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न सुझाव दिएका छन् ।



    संयुक्त राष्ट्रसंघको विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पंक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । विज्ञानको भाषामा यस्ता विरामीलाई ‘जुनोटिक डिजिज’ भनिन्छ ।



    यदि मानिसहरुले पर्यावरण र जंगली जीवजन्तुलाई बचाएनन् भने यस्तै अन्य महामारीको सामना गर्नुपर्ने पर्यावरण र स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार प्रोटिनको बढ्दो मागका कारण मानिसले जनावरहरुको ज्यान लिइरहेका छन् र आखिरमा यसको असर स्वयं मानिसले नै भोग्नु परिरहेको छ ।

    इन्सटिच्युटको रिपोर्टमा लेखिएअनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणमा क्षति, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडन मुख्य कारण छन् । एजेन्सीकाे सहयाेगमा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार