Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ आईजीपी नियुक्ति हुँदै, एआईजीद्वय क्षत्री र पालबीच प्रतिस्पर्धा

काठमाडौं। सरकारले आज नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्ती गर्ने भएको छ । आईजीपी नियुक्तिलगायतका बिषयको निर्णयका लागि  प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

नयाँ आईजीपीका लागि एआईजीद्वय शैलेश थापा क्षत्री र हरि पालबीच प्रतिस्पर्धा चलेको छ। थापा संगठनमा इमान्दार अधिकृतका रुपमा चिनिएका छन् भने पाललाई कमाण्ड कन्ट्रोलमा अनुभवी मानिन्छ।

आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवाका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउँदैछन् ।  ज्ञवालीसँगै एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदैछन् ।

नयाँ आईजीपीले २०७९ बैशाख १७ गतेसम्म नेतृत्व सम्हाल्नेछन् ।  क्षत्री र  पाल जो आईजीपी  भएपनि एकले अर्कालाई सहयोग गरेर अघि बढ्ने वताउँदै आएका छन्।

दुबै एआईजीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि छुट्टाछुट्टै बोलाएर छलफल गरिसकेको बालुवाटार स्रोतले वतायो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077