Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकामा पनि प्रतिबन्ध लगाउने तयारी

    टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकामा पनि प्रतिबन्ध लगाउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 1.5K
    SHARES

    वासिंटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

    सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।



    पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।



    विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको अमेरिकाले स्वागत गरेको थियो । त्यसको एक सातामै अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार