Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ओली–दाहालबीचकाे छलफल सकियाे

    ओली–दाहालबीचकाे छलफल सकियाे

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको २ घण्टा लामो छलफल भएको छ ।

    नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच दुई घण्टा लामो छलफल भएको छ । तर छलफलबारे थप जानकारी आउन बाँकी छ ।



    स्रोतले दिएको जानकारी अनुसार दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो ।



    प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा दाहाल र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने कुनैपनि पद छाड्ने छाँटकाँट देखाएका छैनन् ।

    नेकपामा देखिएको विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ । दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार