Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ओलीको अभिव्यक्तिलाई टार्गेट गरी क-कसले गरे ट्वीट?

    ओलीको अभिव्यक्तिलाई टार्गेट गरी क-कसले गरे ट्वीट?

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारे दिएकाे अभिब्यक्तिबारे नेपालमै चर्को आलोचना भइरहेको छ । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि उनकाे राष्ट्रियदेखि अन्तराष्ट्रिस्तरमा चर्को रूपमा आलोचित भइरहेका छन्।

    ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्– संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !



    राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले उटपट्याङ कुरो गरेको टिप्पणी गरेका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले लेखेका छन्, ‘प्रम मको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’



    पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको !’

    नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् । रिजालले ट्वीटरमा लेखेका छन्, ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

    कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डेले ओलीले उपहासपूर्ण बयान दिएको बताएका छन् । उनले अंग्रेजीमा गरेको ट्वीटमा लेखिएको छ, ‘धर्म राजनीतिक र कूटनीतिभन्दा माथि छ । यो एक उच्च मावनात्मक मुद्दा हो । उपहासपूर्ण बयानले अप्ठ्यारो मात्र पार्छ । यदि अयोध्या वीरगञ्ज नजिक पर्छ भने सरयू नदी कहाँ छ ?’

    प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिलाई भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको त होइन भनेर प्रश्न गरेका छन् । उनले ट्वीटरमा सोधेका छन्, ‘यो के बोलेको ? भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार