Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन : परराष्ट्र मन्त्रालय

    अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन : परराष्ट्र मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति राजनीतिक विषय नभएको प्रष्टीकरण दिएको छ ।

    मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’



    साथै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अयोध्याको महत्त्व र सांस्कृतिक मूल्यलाई कमजोर पार्नका लागि नभएको मन्त्रालयले जनाएको छ ।



    ओलीले सोमबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार