Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निःशुल्क उपचार गर्दै खाँदबारी अस्पताल, डिस्चार्ज भएर जाँदा एक हजार दिने

    निःशुल्क उपचार गर्दै खाँदबारी अस्पताल, डिस्चार्ज भएर जाँदा एक हजार दिने

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.6K
    SHARES

    संखुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिरोका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो ।

    अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुन्दरश्याम झाले बताए । यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए ।



    घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति रु पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए । बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च एक हजार रुपैयाँ दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार