Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ओलीले निकास दिनुपर्ने खुमलटार भेलाको निष्कर्ष

    ओलीले निकास दिनुपर्ने खुमलटार भेलाको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानमा नेताहरु तल्लीन देखिएका छन् । तर विवाद समाधानको बाटो तर्फ धकेलिन सकिरहेको छैन ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर अध्यक्ष दाहालले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे ।



    पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै दाहालले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए ।



    बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने ।

    बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पु-याउनुपर्छ’ बैठकमा सहभागी स्थायी कमिटी एक सदस्यले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार