Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउन ८ गतेबाट चल्ने भयो सार्वजनिक यातायात

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को लकडाउनका कारण ठप्प भएको सार्वजनिक यातायात साउन ८ गतेबाट चल्ने भएको छ ।

यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीहरुले भने विभिन्‍न माग राख्दै मानेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077