Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज मध्यरातबाट लकडाउन अन्त्य, जोरविजोर हट्यो

काठमाडौं । सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन अन्त्य गर्ने निर्णय भएको उनले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।

आज रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077