Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिगः लिभरपुलद्वारा चेल्सी पराजित

    इंग्लिस प्रिमियर लिगः लिभरपुलद्वारा चेल्सी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 5K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा यो सिजनको च्याम्पियन बनेको लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबारराति भएको खेलमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो ।

    पहिलो हाफमा ३ गोल गरेका लिभरपुलले एक गोल खाएको थियो। २३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३–० ले अघि बढ्यो।



    पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गोर्दै अन्तर ३–१ मा ल्याएका थिए । दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो । रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढ्यो।



    तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४–२ मा ल्याएको थियो । ७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४–३ मा ल्याएका थिए ।८४ औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरेपछि चेल्सीको आशा सकिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ५–३ ले विजयी हुन सफल भयो ।

    लिभरपुलसँगको हारसँगै चेल्सी ६३ अंक जोडेर चौथो स्थानमा झरेको छ । समान ६३ अंक रहेपनि म्यानचेस्टर युनाइटेड गोल अन्तरमा तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९६ अंक पुगेको छ । च्याम्पियन बनेको लिभरपुलले यही खेलपछि नै प्रिमियर लिगको ट्रफी उचालेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार