Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सस्सुलोमाथि नेपोलीको नाटकीय जित

    सस्सुलोमाथि नेपोलीको नाटकीय जित

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.7K
    SHARES

    एजेन्सी । इटालियन सिरी ‘ए’ मा नेपोलीले सस्सुलोमाथि २–० को नाटकीय जित निकालेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट सस्सुलोले चार गोलले मान्यता नपाउदा इटालियन पोलीले नाटकीय जित निकालेको हाे।

    नेपोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा इलसिड ह्यासाज र एलानले गोल गरे । खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा पराजित हुन पुग्यो ।



    सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिएपनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जित दिलाएका हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार