Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युभेन्ट्सलाई इटालियन सिरी एको उपाधि पक्का

    युभेन्ट्सलाई इटालियन सिरी एको उपाधि पक्का

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको छ। जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा लगातार नवौं पटक युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो ।

    घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।



    ७७औं मिनेटमा मोर्टेन तोर्सबीले रातो कार्ड पाएपछि साम्पडोरिया दश खेलाडीमा झरेको थियो । ८९औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार