Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • पहिरोले घर पुरिँदा दुईको मृत्यु, एकजना भागेर बाँचे

    पहिरोले घर पुरिँदा दुईको मृत्यु, एकजना भागेर बाँचे

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

    घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भागेर बाँचेका छन् ।



    दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथिबाट भएको पहिरोले सडकभन्दामुनि भएको जोशीको घर पूरै ढाकेको थियो । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार