Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न सोमप्रसाद पाण्डेको संयोजकत्वमा संसदीय उपसमिति गठन

    नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न सोमप्रसाद पाण्डेको संयोजकत्वमा संसदीय उपसमिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न एक संसदीय उपसमिति गठन भएको छ ।

    प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि अध्ययन गर्न उपसमिति गठन गरेको हो ।



    नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको उपसमितिमा सांसदहरु प्रकाश रसाइली स्नेही, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य छन् ।



    समिति सभापति विमल श्रीवास्तवले उपसमितिले प्रंतयक्ष बिक्रीसम्बन्धी कानून र नेटवर्किङ ठगीको विषयमा सार्वजनिक भएका विषय अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने गरी उपसमिति गठन गरेको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार