Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपा विवाद: ओलीलाई प्रचण्डले गरे यस्ताे प्रस्ताव

    नेकपा विवाद: ओलीलाई प्रचण्डले गरे यस्ताे प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे अान्तरिक विवादले नेताहरू खिन्न भएकाे बताएका छन्। उनले विवाद अन्त्यकाे लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका हुन् ।

    साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।



    स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।



    मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेर यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार