Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • चलचित्र ‘बाहुबली’का निर्देशक राजामौलीलाई कोरोना संक्रमण

    चलचित्र ‘बाहुबली’का निर्देशक राजामौलीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । चलचित्र ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राजामौली र उनका परिवारका केही सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको हो। राजामौलीले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

    उनले आफूहरु होम क्वारेन्टिनमा बसिरहेको जानकारी गराएका छन्। उनले आफूहरुको अवस्था सामान्य रहेको बताएका छन्। उनका अनुसार कोरोनाको कुनैपनि देखिएको छैन।



    ‘मलाई र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो। कोभिड–१९ परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। डाक्टरले भनेअनसार हामी घरमै क्वारेन्टिनमा बसिरहेका छौँ। हामी कसैलाई पनि लक्षण देखिएको छैन तर सबै सावधानी अपनाइरहेका छौँ’, उनले ट्वीटमा लेखेका छन्। राजामौलीलाई बुधबार कोराना संक्रमण पुष्टि भएको हो।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार