Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपा विवाद: ओली-प्रचण्डबीचकाे वार्ता निष्कर्षविहीन

    नेकपा विवाद: ओली-प्रचण्डबीचकाे वार्ता निष्कर्षविहीन

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ ।
    पछिल्लाे केही समयदेखि पार्टी भित्र उत्पन्न विवादलाइ साम्य पार्न द्वय अध्यक्षबीच विभिन्न काेणबाट वार्ता भए पनि त्यसले निष्कर्ष निकाल सकेकाे छैन।

    प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।



    तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोतले भन्यो, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’



    सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार