Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोरोना कहर : नेपालगञ्ज उपमहानगर सिल, सप्तरीमा भोलिदेखि कर्फ्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ । उपमहानगरभित्रका जनप्रतिनिधि र केही कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ ।

नेपालमा आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये उपमहानगरपालिका भित्रको एक वडा अध्यक्ष र कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ।

'भेरी अस्पतालबाट मिति २०७७/४/१९ गते प्राप्त नतिजा अनुसार यस उपमहानगरपालिकाको कार्यालयमा कार्यरत केही जनप्रतिनिधि तथा कर्मचारीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्मको लागि कार्यालय पूर्ण रुपमा सिल गरिएको छ,' उपमहानगरका प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


सप्तरीमा मंगलबारदेखि कर्फ्यु


जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077