Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सातै प्रदेशमा १ लाखका दरले पीसीआर टेस्ट गर्न देउवाको सुझाव

    सातै प्रदेशमा १ लाखका दरले पीसीआर टेस्ट गर्न देउवाको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातै प्रदेशमा एक एक लाख नयाँ परीक्षण तत्काल गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
    मंगलबार प्रधानमन्त्रीले बोलाएको विज्ञसँगको छलफलमा प्रतिपक्षी दलका नेताको रुपमा सहभागी देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

    देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न पनि सुझाव दिएका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पठाउन, नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार