Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विवादमा तानियाे लगानी बोर्डकाे सीईओ नियुक्ति, नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा चर्काचर्की

    विवादमा तानियाे लगानी बोर्डकाे सीईओ नियुक्ति, नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा चर्काचर्की

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

    पार्टीभित्र चर्किएको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो ।



    ‘ओली स्थायी कमिटी बैठक राख्न तयार देखिनुभएन, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी नेता झलनाथ खनालले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’



    बैठकमा सहभागी अर्का एक नेताका अनुसार सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।

    विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै दाहाल र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । उनीहरुले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका बताईएको छ । आजको वार्ता पनि सहमतितर्फ नगएपछि भोलि पनि सहमतिको लागि प्रयासमा नेताहरू रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार