Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संक्रमित ह्वात्तै बढेपछि लहानमा साउन मसान्तसम्म कर्फ्यु

सिरहा । जिल्लाकाे लहान नगरपालिकाले नगर क्षेत्रभित्र नौ दिनका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । पछिल्लो समय नगरपालिका-८ का एक जनासहित नगर क्षेत्रका २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेकाले छ ।

नगर कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077