Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप ६ जनामा संक्रमण पुष्टि भएपछि काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

    थप ६ जनामा संक्रमण पुष्टि भएपछि काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको हाँडीगाउँ सिल गरिएको छ। हाँडीगाउँ क्षेत्रको एउटै टोलमा ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको हाे।

    वडाध्यक्ष रमेश डंगोलले महानगरपालिकाको वडा नम्बर ५ मा पर्ने हाँडीगाउँको कोटाल टोल सिल गरिएको जानकारी दिए। एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्र सोही टोलका ३३ जनाको स्वाब संकलन गरिएको थियो।



    ३३ जनाको पीसीआर परीक्षण गर्दा थप ६ जनाको रिपोर्ट पोजिटिभ आएको अध्यक्ष डंगोलले जानकारी दिए। एउटै टोलका ११ जनामा संक्रमण पुष्टि भएपछि सिल गरिएको अध्यक्ष डंगोलको भनाइ छ।



    अध्यक्ष डंगोलका अनुसार संक्रमित नेपाल प्रहरी, प्रहरीका परिवार र उनकै छरछिमेकी स्थानीय रहेका छन्। पहिलो पटक एक प्रहरीमा कोरोना पुष्टि भएपछि उनको परिवारकै अन्य चार सदस्यको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

    तत्कालका लागि उक्त क्षेत्र सिल गरेको र आइतबार सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि संलग्न कोभिड–१९ समिति बैठकले थप निर्णय गर्ने अध्यक्ष डंगोलले जानकारी दिए। वडा अध्यक्षको अध्यक्षतामा कोभिड–१९ सम्बन्धी विशेष समिति बनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार