Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

'वर्क फ्रम होम’ को नियम लागू गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले ‘वर्क फ्रम होम’ को नियम लागू गरेको छ । याे नियम २०० भन्दाबढी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा लागू हुनेछ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारका प्रवक्ता युवराज खतिवडाले सरकारी तथा गैरसरकारी निकायहरु, बैंक, सहकारी, लघुवित्तलगायतका कार्यालयले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरिएकाे जानकारी दिए ।

उनका अनुसार आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरिएको छ । त्यस्तो व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्नेछ ।

२०० भन्दाबढी काेराेना संक्रमित हुने जिल्लामा काठमाडाैं उपत्यका पनि रहेकाे छ । अब काठमाडाैं उपत्यकामा पनि ‘वर्क फ्रम होम’ को नियम लागू भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077