Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • नेता पौडेलले भने-देउवाले विधान मिच्नुलाई बहादुरी ठाने

    नेता पौडेलले भने-देउवाले विधान मिच्नुलाई बहादुरी ठाने

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवामाथि विधान मिचेकाे अाराेप लगाएका छन्। उनले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी समेत गरेका छन् ।

    पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ ।



    चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागहरुमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको उनको आरोप छ । विशेष अधिवेशन बोलाउने अवस्था नरहेको भन्दै उनले यो मुद्दालाई महाधिवेशनमै उठाउने बताए । ‘यो विषयलाई उहाँको मनपरीतन्त्र, स्वेच्छाचारीतन्त्रको प्रमाण यही हो भनेर महाधिवेशनसम्म लैजान्छौं’ नेता पौडेलले भने ।



    आगामी महाधिवेशनबाट देउवाको विकल्प खोज्नुपर्ने उनले बताए । आफूले म नै सभापति हुनुपर्छ भनेर दाबी नगरेको तर सबैलाई न्याय पनि गर्नुपर्ने पौडेलले बताए । ‘पार्टीमा सबैलाई उमेरका आधारमा एउटै क्याटागोरीमा राख्न पाइँदैन । कसैले पार्टीको हितान जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् । त्यसमा विवेक त पुर्‍याउनु पर्छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार