Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआईबीको नाममा ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले आफूलाई पत्रकार भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दा मिलाइदिने बहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआईबीमा पत्रचार भइसकेको र सिआईबीका इन्सपेक्टरलाई ५ लाख दिएमा मुद्दा (ढुस) रद्द बनाउने भन्दै ठगी गर्ने निलकण्ठ नगरपालिका–१४ धादिङका शंकर प्रसाद अधिकारीलाई सिआईबीले पक्राउ गरेको हो ।

आफूलाई आलोचना साप्ताहिकका सम्वाददाता बताउने अधिकारीलाई काठमाडौं–३ बसुन्धाराबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआईजी सहकुलबहादुर थापाले जानकारी गराए ।

डिआईजी थापाका अनुसार अधिकारीले विभिन्न बहानामा अन्य व्यक्तिहरुलाई पनि ठगी गरेको हुनसक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरिय प्रहरी बृत्त महाराजगञ्जमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077