Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनमैजुमा छुरा प्रहार गरी एकको हत्या, आक्रमणकारी फरार

काठमाडौं। काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। मितेरी पुल नजिक करिब ४ जनाको समुहले  २४ वर्षीय लक्ष्मण तामाङलाई छुरा प्रहार गरी हत्या गरेका हुन्। मृतक तामाङ नुवाकोटका रहेको प्रहरीको भनाइ छ।

राति  साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लक्ष्मण र दोर्जे शेर्पाका समूहका युवाहरुको मादक पदार्थ पिउने क्रममा  विवाद हुँदा लक्ष्मणमाथि एक्कासी छुरा प्रहार भएको अपराध महाशाखाका एक अधिकारीले जानकारी दिए।

छुरा प्रहार भएपछि गम्भीर घाइते भएका लक्ष्मणको अस्पतालमा मृत्यु भएको हो।  छुरा प्रहार लगत्तै दार्जे समुह फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077