Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मनमैजुमा हत्या प्रकरणमा तीन युवक पक्राउ

काठमाडौं। काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। मितेरी पुल नजिक करिब ४ जनाको समुहले २४ वर्षीय लक्ष्मण तामाङलाई छुरा प्रहार गरी हत्या गरेका हुन्। उक्त हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।

शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

राति साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियाे।

लक्ष्मण र दोर्जे शेर्पाका समूहका युवाहरुको मादक पदार्थ पिउने क्रममा विवाद हुँदा लक्ष्मणमाथि एक्कासी छुरा प्रहार भएको अपराध महाशाखाका एक अधिकारीले जानकारी दिए।
मृतक तामाङ नुवाकोटका रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077