Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनमैजुमा छुरा प्रहार गरी लक्ष्मणको हत्या गर्ने आङदोर्जे पक्राउ

काठमाडौं। काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त आङदोर्जेलाई १२ घण्टा नबित्दै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

दोलखा गौरीशंकर नगरपालिका घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनाको बिषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।

शुक्रबार राती मितेरी पुल नजिक शेर्पासहितको  समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।  हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

स्रोतका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका युवाहरुको मादक पदार्थ पिउने क्रममा विवाद हुँदा दुई पक्षबीच हानाहान भएको बयान आङदोर्जेले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077