Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सहकारीको ५० प्रतिशत पुँजी उत्पादनशील क्षेत्रमा लगाउन मन्त्री अर्यालको निर्देशन

    सहकारीको ५० प्रतिशत पुँजी उत्पादनशील क्षेत्रमा लगाउन मन्त्री अर्यालको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले ५० प्रतिशतभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी छन् ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारीले ५० प्रतिशतभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्न सहकारीलाई निर्देशन दिएकी हुन् । सहकारी ब्यवसायिकतामा जान र रोजगार सिर्जना गर्न नसकिरहेको अवस्थामा मन्त्री अर्यालले उत्पादनमा लगानी गर्न बाध्यकारी व्यवस्था गरिने बताइन् ।



    संस्थागत सवलीकरणमा विशेष जोड दिँदै उनले सहकारीले आफ्ना सदस्यको हित पहिलो शर्त बनाउनुपर्ने बताइन् । विपन्न वर्गलाई सहकारीमा आवद्ध गराइ स्वरोजगारका अवसर दिनुपर्ने उनको भनाइ छ । सदस्यको जिविकोपार्जनका आधार तयार गर्नुपर्ने भन्दै उनले सहकारितामा व्यवसायिकता अपनाउनका निम्ति अनिवार्य व्यवस्था गर्न लागिएको बताइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार